काठमाडौँ। गत भदाै १० गते तिब्बतबाट आएकाे विनाशकारी बाढीपछि नागिरककाे खाेज तथा उद्धारमा खटिएका क्याप्टेन भरत खवासकाे बढुवा भएकाे छ। उनी शुक्रबार मेजरमा बढुवा भएका हुन्।

खवासको नियमित बढुवा भएको बताइएको छ। नेपाल पुलिस क्लबबाट उनी नेपाली सेनामा प्रवेश गर्दा अधिकृत क्याडेटमा नाम निकाल्न सफल भएका थिए।

पछिल्लो समय खवासले त्रिभुवन आर्मी क्लब र राष्ट्रिय टिमबाट फुटबल खेलिरहेका छन्। विनाशकारी बाढीपछि उनी नुवाकोटको त्रिशूलीमा उद्धारमा खटिएका छन्।