नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक ईसेवाले विश्वस्तरीय कार्ड डाटा सुरक्षा मानक ‘PCI DSS संस्करण ४.०.१’ बाट मान्यता प्राप्त गरेको छ । यो प्रमाणीकरण eSewa मार्फत सञ्चालन हुने लेनदेन र ग्राहक डेटाको सुरक्षाप्रति कम्पनीको प्रतिबद्धताको अर्को अनुस्मारक हो।
इसेवाले विश्व प्रसिद्ध ‘पीसीआई सेक्युरिटी स्ट्यान्डर्ड काउन्सिल’ ले तोकेको सुरक्षित नेटवर्क, डाटा सेक्युरिटी, जोखिम व्यवस्थापन र नियमित अनुगमन जस्ता कडा मापदण्डहरू पूरा गरेर यो प्रमाणपत्र प्राप्त गरेको हो।
eSewa का प्रमुख प्रविधि अधिकृत (CTO) विपिन खनालले यो प्रमाणीकरणले प्रयोगकर्ताको विश्वास र डाटा सुरक्षाप्रति कम्पनीको प्रतिबद्धतालाई थप मजबुत बनाएको बताए। उनले आगामी दिनमा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप प्रणालीमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे ।
हेर्नुहोस्: नेपालमा शीर्ष डिजिटल वालेटहरू
eSewa लाई पहिले नै सूचना सुरक्षाको लागि 'ISO 27001:2022' बाट प्रमाणित भइसकेको छ। सुरक्षित र भरपर्दो डिजिटल भुक्तानी इकोसिस्टम निर्माण गर्ने उद्देश्यले इसेवाले आफ्ना सुरक्षा अभ्यासहरूलाई निरन्तर सुदृढ गर्दै आएको छ।




