काठमाडौँ । आज मिति २०८३ साल भदौ महिनाको २० गते शनिबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर हाजिर भएका छौँ–
१.एकैदिन दुई जनाको उद्धार रसुवा बाढीको ११औँ दिन शनिबार दुई जनाको उद्धार भएको छ । नुवाकोटको बेत्रावतीमा घरको भग्नावशेषमा पुरिएकी ५५ वर्षीया चण्डिका श्रेष्ठ र माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङमा फसेका एक चिनियाँ नागरिकलाई शनिबार जीवितै उद्धार गरिएको हो।
२. संकटमा उद्योगीको मनोमानी प्राकृतिक विपत्ति र कमजोर पूर्वाधारको मार कसरी सीधै आम नागरिकको भान्सासम्म पुग्छ भन्ने ज्वलन्त उदाहरण यतिबेला काठमाडौँ उपत्यकाको ग्यास आपूर्तिमा देखिएको छ ।
३. रसुवा विपत्ति र अन्तर्राष्ट्रिय कभरेज रसुवा विपत्तिलाई अन्तर्राष्ट्रिय मिडियाहरुले हिमाली जलवायु संकट, हिमनदीको अस्थिरता र जलवायु न्यायको बहससम्म पुर्याएका छन् । अलजजिरा लगायतका अन्तर्राष्ट्रिय मिडियाले रसुवा विपत्तिलाई समाचारको तत्कालीन घटनाबाट विस्तार गर्दै जलवायु न्यायको बहससम्म पुर्याएका हुन् ।
४.कृष्णभीर पहिरो अपडेट : नयाँ ट्र्याक जोडियो पृथ्वी राजमार्गको कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडिएको छ। हालसम्म दुवैतर्फ गरी कुल २५२ मिटर ट्र्याक खन्ने काम सम्पन्न भएसँगै अस्थायी ट्र्याक जोडिएको सडक विभागले जनाएको छ।
६. ‘डीएनए’ को नमुना दिन आग्रह रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण नेपाल विद्युत् प्राधिकरणका विभिन्न आयोजनामा कार्यरत ४७ जना कर्मचारीहरू अझै सम्पर्कविहीन छन् । प्राधिकरणले बेपत्ता कर्मचारीहरूको खोज तथा उद्धार कार्यलाई तीव्रता दिए पनि धेरैको अवस्था अझै अज्ञात रहेकाले पहिचानका लागि ‘डीएनए’ परीक्षणको प्रक्रिया सुरु गरेको छ ।
७.दक्षिण कोरियाका विदेशमन्त्री नेपालमा दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन तीनदिने भ्रमणका क्रममा शनिबार नेपाल आइपुगेका छन् । भ्रमणका क्रममा उनले नेपाली समकक्षी शिशिर खनालसँग भेटवार्ता गर्नेछन् ।
८.सीमा क्षेत्रमा पुनः फहराइयो राष्ट्रिय झण्डा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले नेपाल–चीन सीमा क्षेत्रमा ठुलो क्षति पुर्याएको क्षेत्रमा नेपालको राष्ट्रिय झण्डा पुनः स्थापना गरिएको छ ।
९.मनास्लु आरोहणका लागि अनुमति यो वर्षको शरदऋतु (असोज, कात्तिक) मा मनास्लु हिमाल आरोहण गर्नका लागि २९ टोलीले अनुमति लिएका छन् । पर्यटन विभागको गत पछिल्लो तथ्याङ्कअनुसार २९ टोलीका ३४८ आरोहीले मनास्लु आरोहणका लागि अनुमति लिएका हुन् ।
१०. लुम्बिनी सरकारमा के होला ? जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशका आफ्ना प्रदेश सभा सदस्यहरूलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि त्यहाँको सरकारलाई थप समस्या आइपरेको छ ।




