काठमाडौँ । लमजुङस्थित मर्स्याङ्दी नदीमा बाढीको सतहले खतराको तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज मंगलबार राति ११ः१५ बजे भकुण्डेबेशी जलमापन केन्द्रमा नदीको जलसतहले खतराको चिन्ह नाघेको हो ।
महाशाखाले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार मर्स्याङ्दी नदीमा पानीको सतह अहिले पनि बढ्दो क्रममा रहेको छ। नदीमा पानीको बहाव बढेसँगै बाढीको जोखिम उच्च भएको छ ।
बाढी पूर्वानुमान महाशाखाले मर्स्याङ्दी नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन विशेष आग्रह गरेको छ । नदी किनारका क्षेत्रहरूमा जोखिम बढ्न सक्ने भएकाले सुरक्षित रहन सूचित गरिएको छ ।



_O7oiJLx6f7.webp&w=3840&q=75)
