काठमाडौँ। पहिलाे संस्करणको नेपाल भलिबल लिगमा सगरमाथा स्पाइकर्सले विजयी सुरुवात गरेकाे छ ।
काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शुक्रबारदेखि सुरु भएकाे लिगकाे उद्घाटन खेलमा सगरमाथाले मधेस वरियर्सलाई ३-१ काे सेटमा हरायो ।
सगरमाथाले पहिलाे सेट २५-२१, दोस्रो सेट पनि २५-२१ र चाैथाे सेट २५-१५ ले जित्याे । मधेसले तेस्रो सेट २५-२३ जित्याे ।




