रसुवा। रसुवाको भोटेकोशी बाढीपछि सडक र पुलहरू क्षतिग्रस्त हुँदा प्रभावित बस्तीहरूमा पुग्न निकै कठिन भएको छ।

सडकमार्ग अवरुद्ध भएपछि अहिले जिल्ला सदरमुकाम धुन्चे राहत तथा उद्धारको प्रमुख केन्द्र बनेको छ। धुन्चेबाट हेलिकप्टरमार्फत प्रभावित क्षेत्रतर्फ राहत सामग्री पठाउने काम निरन्तर भइरहेको छ।

सडक पहुँच टुटेका कारण आकाशमा उड्ने हेलिकप्टर प्रभावितहरूका लागि अहिले राहतको एउटा महत्त्वपूर्ण माध्यम बनेको छ।

तल बाढीले भूगोल नै बदलिनुका साथै सडक सम्पर्क टुटेको छ भने माथि राहत बोकेर उड्ने हेलिकप्टरले प्रभावित क्षेत्रमा आशा जगाएका छन्। जहाँ सडक पुग्न सकेको छैन, त्यहाँ आकाशबाट पुग्ने प्रयास भइरहेको छ।

धुन्चेको आकाशबाट निरन्तर उडान भरिरहेका हेलिकप्टरले बाढीले छुट्याएका बस्तीहरूलाई जोड्ने प्रयास गरिरहेका छन्।

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।