काठमाडौं । युईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत भएको खेलमा बायर्न म्युनिखले बोडोरग्लिम्टमाथि ५–० गोल अन्तरको फराकिलो जित दर्ता गरेको छ ।

खेलका पाँच वटै गोल दोस्रो हाफमा सम्भव भएका थिए । बायर्नका लागि माइकल ओलिसेले दुई गोल गर्दा जमल मुसियाला, ह्यारी केन र अल्फोन्सो डेभिसले एक–एक गोलको योगदान दिए ।

खेलको ४७ औँ मिनेटमा मुसियालाले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। त्यसपछि ६१ औँ मिनेटमा ह्यारी केन र ७७ औँ मिनेटमा अल्फोन्सो डेभिसले गोल गर्दै बायर्नलाई ३–० को अग्रता दिलाए। खेलको अन्त्यतिर आक्रामक बनेको बायर्नका लागि ओलिसेले ८३ औँ मिनेट र इन्जुरी समयको दोस्रो मिनेटमा व्यक्तिगत दुई गोल थप्दै टोलीको ५–० को जित पक्का गरे।

यसैबिच, खेलको ८७ औँ मिनेटमा बोडोरग्लिम्टका ओडिन ब्योर्टुफ्टले रातो कार्ड पाउँदै मैदान छाडेका थिए ।

यस शानदार जितसँगै बायर्न म्युनिख तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने पराजित बोडोरग्लिम्ट ३६ औँ स्थानमा सीमित रहेको छ ।