काठमाडौँ । च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोनाले फेयेनूर्डमाथि ५–१ गोल अन्तरको फराकिलो र सानदार जित निकालेको छ ।

खेलको सुरुवातमै दबाब बनाएको बार्सिलोनाका लागि राफिन्हाले खेलको ३ औँ र ५७औँ मिनेटमा दुई गोल गर्दै उत्कृष्ट प्रदर्शन गरे । यस्तै, करिम अडेयेमीले २२औँ मिनेटमा, लामिन यामलले ७७औँ मिनेटमा र गब्रिएल जेससले ८५औँ मिनेटमा एक–एक गोल थपे ।

यता पराजित टोली फेयेनूर्डका लागि खेलको ८२ औँ मिनेटमा सेम स्टेइनले एक सान्त्वना गोल फर्काए पनि टोलीको हार टार्न सकेनन् ।

यो जितसँगै बार्सिलोना च्याम्पियन्स लिगको अंक तालिकाको पहिलो स्थानमा रहेको छ भने फेयेनूर्ड ३६औँ स्थानमा रहेको छ ।