काठमाडौं । रसुवा जिल्लाको टिमुरेस्थित नेपाल चीन सीमा नाकामा नेपालको झण्डा राखिएको छ ।
१० भदौमा गएको बाढीपछि सिमानाकाको झण्डा बगाएको थियो ।
गोसाईंकुण्ड गाउँपालिका–२ रसुवागढीस्थित नेपाल चीन अन्तर्राष्ट्रिय सिमानाकामा आज शनिबार सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको टोलीले झण्डा राखेको हो ।
भोटेकोशी नदीमा आएको बाढी पश्चात् क्षतिग्रस्तको कारण जान नसकेकोमा बीओपी टिमुरेबाट गएको टोलीले जोखिमयुक्त भीरबाट ३ किलोमिटर दूरी पार गरी सिमानाकामा झण्डा राखेको हो ।
साथै नेपाली सेनाको टोलीसमेत हेलिकप्टरद्वारा सो स्थानमा पुगी संयुक्त रूपमा नेपाल– चीन सीमामा नेपालतर्फ नेपाली झण्डा राखेर राखिएको सशस्त्रका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।



