काठमाडौँ। गरिमा विकास बैंक लिमिटेडले आफ्ना सेयर धनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकको सञ्चालक समितिको बिहीबार बसेको बैठकले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकका अनुसार प्रस्तावित नगद लाभांशमा लाभांशबापत लाग्ने करसमेत समावेश हुनेछ । हाल कायम चुक्ता पुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँ २२ पैसा रहेको छ ।
बैंकको सञ्चालक समितिको ३५१औँ बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुनुपर्नेछ । त्यसपछि बैंकको आगामी २०औँ वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीले लाभांश प्राप्त गर्नेछन् ।
१० प्रतिशत बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी बढेर ६ अर्ब ६२ करोड ३४ लाख ८३ हजार २०३ रुपैयाँ ९४ पैसा पुग्ने बैंकले जनाएको छ ।
१२६ शाखा र ५१ एटीएमबाट सेवा
काठमाडौँको बालुवाटारमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकले देशभर १२६ वटा शाखा कार्यालय र ५१ वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
बैंकले ग्राहकलाई आधुनिक तथा प्रविधिमैत्री बैंकिङ सेवा उपलब्ध गराउँदै आएको जनाएको छ । बैंकले आगामी साधारणसभाबाट लाभांशसम्बन्धी प्रस्ताव पारित भएपछि सेयर धनीलाई वितरण गर्ने जनाएको छ ।




